ad ad

कारोबार


नेपालमा सार्वजनिक भयो ईभी एमजी ४, यस्ता छन् विशेषता (तस्बिरहरू)

नेपालमा सार्वजनिक भयो ईभी एमजी ४, यस्ता छन् विशेषता (तस्बिरहरू)

सरोज बैजु
चैत १, २०८० बिहिबार १६:४५, काठमाडौँ

प्यारामाउन्ट माेटर्सले विलासी बिजुली कार एमजी ४ सार्वजनिक गरेकाे छ। कारको माेटर पावर घटाएर सार्वजनिक गरिएकाे कम्पनीले जनाएको छ।

यसअघि एमजीले १५० किलाेवाट माेटर पावर रहेकाे कारको मूल्य ५८ लाख ९९ हजार कायम गरेको थियो। अहिले फुल अप्सनमा सार्वजनिक गरिएको गाडीकाे लक्जरी माेडलकाे मूल्य ४९ लाख ९९ हजार छ।

प्यारामाउन्ट माेटर्सका महाप्रबन्धक सचिन अर्यालले कारमा ६४ किलाेवाट ब्याट्री रहेकाे बताए। यसको माेटर पावर ९९ किलाेवाट छ।

४४० किलाेमिटर रेञ्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ। गाडीले १५० किलाेवाटसम्मकाे फास्ट डिसी चार्जर सपाेर्ट गर्छ।

रियर ह्विल ड्राइभ रहेमाे एमजी ४काे टप स्पिड १६० किलाेमिटर प्रतिघण्टा छ। गाडीमा इन्डिपेन्डेन्स सस्पेन्सर हुँदा अफराेड बाटाेमा कुदाउन सहज हुन्छ। 

कम्पनीले कम्फर्ट सेगमेन्टमा ४१ लाख ९९ हजारमा विक्री गर्दै आएकाे छ। एमजी ४ ह्याचव्याग स्पाेर्टी गाडी हाे।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .