कारोबार


सीजी मोटर्सले उद्घाटन गर्‍यो हिरोको एसेम्बलिङ प्लान्ट, ७५ हजार युनिट क्षमता

सीजी मोटर्सले उद्घाटन गर्‍यो हिरोको एसेम्बलिङ प्लान्ट, ७५ हजार युनिट क्षमता

कार्यकारी निर्देशक निर्वाण चाैधरी। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १७:२१, काठमाडौँ

सीजी माेटर्सले ७५ हजार हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्नसक्ने एसेम्बल प्लान्ट उद्घाटन गरेको छ। नेपालमा ल्याएको ४ वटा माेडल एसेम्बल गर्ने प्लान्ट उद्घाटन गरिएको हाे। 

हिरो मोटोकर्पले विश्वव्यापी  उत्पादनहरू एक्सपल्स २०० फोरभी, सुपर स्पेन्डर, स्पेन्डर प्लस र जुम ११० नेपालमै एसेम्बलिङ सुरू गरेको छ। 

चारवटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली सुविधामा स्थानीय रूपमै एसेम्बल गर्ने सीजी माेटर्सले जनाएको छ  

प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले उल्लेख गरेको छ। 

सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्ने कार्यकारी निर्देशक निर्वाण चौधरीले बताए।

'४० वर्षअघि प्यानासाेनिक ब्रान्ड एसेम्बल प्लान राख्न खाेजेका थियाे थुप्रै समस्याले सकेनौँ। पछि सीजी इलेक्ट्रोनिक्सले एसेम्बल थाल्यो´, कार्यकारी निर्देशक चौधरीले भने,´अहिले हिरो नै एसेम्बल थालेका छौँ।`

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .