कारोबार


हिरो ब्रान्डको जुम ११० स्कुटर २ भेरियन्टमा, मूल्य कति?

हिरो ब्रान्डको जुम ११० स्कुटर २ भेरियन्टमा, मूल्य कति?

हिरोको नयाँ स्कुटर जुम। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १७:१७, काठमाडौँ

सीजी मोटर्सले हिरो ब्रान्डको जुम ११० स्कुटर बिक्री सुरु गरेको छ। गत वर्ष भारतमा सार्वजनिक भएको जुम स्कुटर नेपालमा पहिलो पटक भित्रिएको हो। 

सीजी मोटर्सका अनुसार २ वटा भेरियन्टमा स्कुटर नेपालमा आएको छ। होन्डाको डिओसँग यसले प्रतिस्पर्धा गर्नेछ। 

हिरो जुम बीएस ६ इन्जिनमा उपलब्ध छ। स्कुटरको अधिकतम पावर ८ हर्सपवार रहेको छ भने ८.७ टर्क जेनेरेट गर्छ। एफलाई इन्जिनमा स्कुटर उपलब्ध छ। 

स्कुटर स्टार्ट बटम वा किकबाट गर्न सकिन्छ। स्कुटरको लम्बाइ १८ सय ८१, चौडाइ ७१७, उचाइ ७७० एमएम र ह्विलबेस १३ सय एमएम छ। 

स्कुटरमा आधुनिक प्रविधि जडान गरिएको छ। लो फ्युल इन्डिकेटर, एसएमएस अलर्ट, ब्लुटुथ कनेक्टिभिटी, कलरआईडी समेत छ।

२ भेरियन्टमा उपलब्ध रहेकाे जुमकाे मूल्य २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० रहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .