ad ad

कारोबार


जीएसी मोटर्स : चीनको उत्कृष्ट गुणस्तरको नम्बर १ ब्रान्ड नेपाली बजारमा

जीएसी मोटर्स : चीनको उत्कृष्ट गुणस्तरको नम्बर १ ब्रान्ड नेपाली बजारमा

नेपालखबर
असार १३, २०८१ बिहिबार १३:२५, काठमाडौँ

जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत प्रवेश गरेको छ।

उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ आयन वाई एसयूभीको नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ।

जीएसी मोटर्सलाई चीनको अटोमोबाइल ब्रान्ड गुणस्तर र्‍यांकिङमा नम्बर १ मानिने गरेको कम्पनीले दाबी गरेको छ।  अनुसन्धान र विकास तथा प्रविधिमा कम्पनी प्रसिद्ध छ। 

ब्रान्डले यूएईमा उत्तम चिनियाँ अटोमोबाइल ब्रान्ड र नाइजेरियामा अटोमोबाइल  इन्टरप्राइज अफ द एअरजस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब जीएसी मोटर्सले आयन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ। ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीले उल्लेख गरेको छ। 

जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ।

अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण आयन वाई एसयूभीले नेपाली बजारमा नयाँ युगको सुरुवात गर्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .