ad ad

कारोबार


१ करोड ४५ लाख रुपैयाँ पर्ने ‘अवतार ११’ ईभी कहिले आउँदै छ नेपाली बजारमा?

१ करोड ४५ लाख रुपैयाँ पर्ने ‘अवतार ११’ ईभी कहिले आउँदै छ नेपाली बजारमा?

नेपालखबर
असार २७, २०८१ बिहिबार १८:६, काठमाडौँ

अवतार ब्रान्डको नेपाली अधिकृत बिक्रेता सीजी इभोल्युसनले नेपालमा चाँडै अवतार ११ प्रिमियम ईभी लन्च गर्ने भएको छ। 

कम्पनीले आगामी नाडा अटो शोमा उक्त गाडी सार्वजनिक गर्नलागेको हो। 

अवतार ११ ले ईभी प्रविधि र डिजाइनको उन्नत संस्करणलाई दर्शाउने कम्पनीको दाबी छ। 

यो गाडीमा तीन कम्पनीको रणनैतिक सहकार्य रहेको कम्पनीले उल्लेख गरेको छ। गाडीमा सीएटीएलको ब्याट्री, चांगन अटोमोबाइल र ह्वावेको प्रविधि जडित छ। 

यसमा उन्नत ब्याट्री प्रविधि छ। सीएटीएलसँगको साझेदारीमा विकास गरिएको ब्याट्रीले रेन्ज, प्रस्तुति र दिगोपना वृद्धि गरेको कम्पनीको दाबी छ। 

यसमा चांगन अटोमोबाइलको विज्ञतामा आधारित डिजाइन छ भने हुवावेका परिष्कृत कनेक्टिभिटी सल्युसन छ। स्मार्ट डिभाइसमा अनवरत जोडिने, रियलटाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट छ। 

अवतार ११ ड्राइभिङ अनुभव वा सुरक्षामा कुनै पनि कसर बाँकी नराखी वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यसाथ डिजाइन गरिएको छ। 

यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँसम्म पर्न सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .