ad ad

कारोबार


नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, देशभर १५ बढी सर्भिस स्टेसन

नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, देशभर १५ बढी सर्भिस स्टेसन

नेपालखबर
असार ३०, २०८१ आइतबार १३:५७, काठमाडौँ

सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेसनहरूको नेटवर्क विस्तारमा उल्लेखनीय सुधार गरिरहेको छ।

नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवामा कम्पनी आक्रामक बनेको हो। 

सीजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ। निकट भविष्यमा त्यति नै चार्जिङ स्टेसन थप्ने योजना रहेको कम्पनीले जनाएको छ। 

यो व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागि निर्बाध यात्रा गर्न सक्ने सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाइ छ। 

बालाजु यातायातका सोम प्रसाद तुलाचनले १८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट रहेको बताए। 

उनले भने, ‘समय समयमा मेरो गाडीहरु काठमाडौंभन्दा बाहिर जाने गरेको छ। सो समयमा मालई सीजीको चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ।’ 

सीजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको दाबी गरेको छ। 

सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङ लङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ। 

अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले सीजी मोटर्सले  भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको बताए। 

चार्जिङ स्टेसनहरू बढ्दै जाँदा र सेवा शुल्क कम हुनु परिवर्तनकारी भएको उनको भनाइ छ। 

काठमाडौँमा ३ वटा स्थानमा सीजीको सर्भिस स्टेसन छ। जुन कुनै स्थानहरुबाट सहजै  सर्भिस तथा स्पेयर उपलब्ध हुने गरेको छ। 

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा पनि छ। गंगामहासागर यातायातका नारायण श्रेष्ठले किङलङ भ्यानहरूको उच्च ग्राउण्ड क्लियरन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल रहेको बताए। उनले सीजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले कम्पनीहरुलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको उल्लेख गरे।  

सीजी मोटर्सको नेपालभर बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगन्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी साथै काठमाडौँमा हात्तीवन, चाबहिल र भक्तपुरमा सर्भिस स्टेसन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .