हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ र तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।
अफरअनुसार हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, स्क्राच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई एक्स्टर कार जित्ने मौका थियो।
यसअनुसार सुनसरीका इन्द्र प्रसाद गुरागाईं (कुपन नम्बर ५३)ले हुन्डाई एक्स्टर जितेका हुन्। उनी अलायन्स मोटर्स प्रालि हुन्डाई बिर्तामोडका ग्राहक हुन्।
हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत यही असार ३१ गते गरिएको हो। कम्पनीले ग्राहकलाई नयाँ नयाँ योजना ल्याउने गरेको छ।
Shares
प्रतिक्रिया