ad ad

कारोबार


त्रिवेणी मोटोकर्पले थाल्यो कामा ब्रान्डका ईभीको बिक्री

त्रिवेणी मोटोकर्पले थाल्यो कामा ब्रान्डका ईभीको बिक्री

नेपालखबर
साउन २३, २०८१ बुधबार १३:४६, काठमाडौँ

त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसको पनि बिक्रीवितरण सुरु गरेको छ।

कमर्सियल र प्यासेन्जर दुवै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुपले ईभी बिक्री सुरु गरेको हो। 

ग्रुपअन्तर्गतको त्रिवेणी मोटोकर्प चीनको स्याङडोङ कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएको छ।

योसँगै इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्रीवितरण सुरु गरेको कम्पनीले जनाएको छ। 

स्याङडोङ कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्मातामध्येका एक रहेको र यसका कम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा बिक्रीवितरण हुँदै आएको छ। 

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पिकअप भ्यानको बिक्रीवितरण सुरु गरेको छ।

बिजुली गाडीको प्रवर्द्धनमार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले जनाएको छ।

११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमि रेन्ज प्रदान गर्ने गर्दछ। कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सीएटीएल ब्याट्री जडित छन्।

कम्पनीले उक्त रेञ्जहरु ४० किमि प्रतिघण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ। बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० कि.मि.को रेन्ज सजिलै पाइने कम्पनीको भनाइ छ। 

त्रिवेणी मोटोकर्पले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको उल्लेख गरेको छ। साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .