ad ad

कारोबार


गाडी बिक्रेतालाई ग्राहक सिफ्ट हुने डरले छिटो डेलिभरीको दबाब, अधिकांशले दशैँअघि नै दिने

गाडी बिक्रेतालाई ग्राहक सिफ्ट हुने डरले छिटो डेलिभरीको दबाब, अधिकांशले दशैँअघि नै दिने

वसन्त अर्याल
भदौ १९, २०८१ बुधबार १८:२३, काठमाडौँ

नाडा अटो सोमा बुकिङ भएका गाडी व्यवसायीले दशैँअघि नै डेलिभरी दिने बताएका छन्।

६ दिन चलेको नाडा अटो सोमा ३८ सय बढी बुकिङ भएका गाडी दशैँअघि नै ग्राहकलाई दिने व्यवसायीले दाबी गरेका छन्।

ग्राहकले गाडी बुकिङ गरेको लामो समय कुर्नुपर्ने अवस्था थियो। पहिले पनि सुरुमा टाटाको नेक्सन, बीवाईडीको अट्टो ३ खरिद गर्न ५–६ महिनासम्म ग्राहकले कुर्नुपरेको थियो। अहिले नेपाली बजारमा धेरै विद्युतीय ब्रान्डको उपस्थिति भएसँगै बजारमा प्रतिस्पर्धा सुरु भएको छ। 
प्रतिस्पर्धा बढ्दा व्यवसायीले समयमै डेलिभरी दिन नसके अर्को ब्रान्डमा सिफ्ट हुने सम्भावना छ।

त्यसकारण ‘ग्राहक होल्ड’ गर्न पनि छिटो डेलिभरी दिने दबाब कम्पनीहरुसामु छ। कतिपय कम्पनीले नाडा अटो सोको दोस्रो दिनबाटै डेलिभरी दिनथालेका छन्। 

बुकिङअनुसार औसतमा हिसाब गर्दा करिब १५ अर्ब बढीका सवारीसाधन करोबार हुने अनुमान छ। अटो सोमा ६ दिनसम्म ८२ हजार ४७० जनाले अवलोकन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले बताएको छ। 

कम्पनीहरूले दाबी गरेअनुसार बीवाईडीको ७१२, महिन्द्राको ६०, स्काईवेल १३०, नामी ७१७, सेरेस २११, जेको २२३, ओमोडा १३०, लिप मोटर सी १७६, एमजी १०० बढी, बीएडब्लु १२७, डिप्पल १२६, केई ४०, हुन्डाईको १५०, सुजुकी १८४, सिट्रोनको ३५ बुकिङ भएका छन्।   
नाडा अटो सोमा सिप्रदी ट्रेडिङको नयाँ मोडल पन्च ईभी सबैभन्दा बढी बुकिङ भएको छ। साढे चार सय बुकिङ भएका गाडी डेलिभरी सुरु भइसकेको कम्पनीले जनाएको छ। सिप्रदी ट्रेडिङले टाटाका पन्च ४७५ र टियागो १६९ गरी ६४४ बुकिङ भएको जनाएको छ।

‘नाडामा बुकिङ गरेका गाडी डेलिभरी दिन सुरु गरिसकेका छौँ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने, ‘पन्च खरिद गर्न चाहनेलाई भदौभित्रै डेलिभरी दिन सक्छौँ।’

नेपाली सडकमा ३ हजार बढी गुडिसकेको बीवाईडी नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले बुकिङअनुसार खरिद गर्न चाहनेलाई दसैँअघि नै डेलिभरी गर्नसक्ने जनाएको छ। नाडा अटो सोमा बीवाईडीको ७१२ बढी बुकिङ भएको कम्पनीको दाबी छ। 

‘करिब ७ सय बुकिङ भएका छन्। अट्टो ३ को बुकिङ नै बढी छ’, साइमेक्स इंकका एक व्यवस्थापकले भने, ‘एउटै व्यक्तिले २–३ ठाउँमा बुकिङ गरेका हुन्छन्। बुकिङलाई बिक्रीमा कन्भर्ट गरी दशैँअघि गाडी डेलिभरी दिन सक्छौँ।’

अफरोड विद्युतीय गाडीको रुपमा नेपाल ल्याएको जेको ६ पनि दशैँअघि नै डेलिभरी हुने भएको छ। नाडा अटो सोमा २०० बढी बुकिङ भएको गाडी दशैँसम्म ल्याइसक्ने जनाएको छ।

‘ओमोडाको डेलिभरी सुरु भइसकेको छ’, एसपीजी अटो मोबाइल्सका मार्केटिङ अफिसर रुपेश श्रेष्ठले भने, ‘जेको जे६ पनि दशैँअघि नै डेलिभरी गरिसक्ने लक्ष्य राखेका छौँ।’

एमएडब्लु वृद्धिले नाडा अटो सोमा १ हजार गाडी बुकिङ गरेको उत्सव नै मनाएको थियो। जसमा नयाँ ब्रान्ड नामी मात्रै ७०० बढी बुकिङ गरेको उल्लेख छ। त्यसबाहेक डिप्पल र सेरेसको समेत राम्रो बुकिङ भएको उल्लेख छ। 

‘डिप्पलको बुकिङ भएअनुसार नाडाको दोस्रो दिनबाटै डेलिभरी सुरु गरेका हौँ’, एमएडब्लुका रमेश धनेकुले भने, ‘डिप्पल खरिद गर्न चाहनेले लामो समय कुर्नुपर्दैन।’

नामीको बुकिङ धेरै भए पनि डेलिभरी भने सुरु गरिसकेको छैन। 

नाडा अटो सोमा ८ वटा अटो ब्रान्ड सोकेस गरेको सीजी मोटर्सले डेलिभरी सुरु गरेको जनाएको छ। ५ वटा प्यासेन्जर भेहिकल र २ वटा कमर्सियल र १ वटा दुईपांग्रेको स्टल रहेका थिए। नाडामा सबैभन्दा बढी नेटाका गाडी बुकिङ भएको थियो। 

‘हामीले अहिले नै डेलिभरी सुरु गरिसकेका छौँ’, सीजी मोटर्सका बजार प्रमुख किरण आचार्य भन्छन्, ‘सबै ब्रान्डको दशैँअघि नै डेलिभरी गरिसक्छौँ।’

सीजी मोटर्सले नेटा, रिडरा, आयन, एक्सपेङ, अवतार, किङलङ, केवाईसी र हिरोको ब्रान्ड प्रदर्शनीमा राखेको थियो। 

त्यस्तै प्रिमियम मोडल बिक्री गरिरहेको स्काई वेलको आधिकारिक बिक्रेता जी मोटर्सले दशैँअघि बुकिङअनुसारका गाडी डेलिभरी गरिसक्ने बताएको छ। नाडा अटो सोमा १३० वटा बुकिङ भएको उल्लेख गरेको छ। 

‘नाडा अटो सोमा बुकिङ भएका गाडी दशैँअघि नै डेलिभरी गर्न सक्छौँ’, जी मोटर्सका प्रबन्धनिर्देशक कैलाश गेलालले भने, ‘स्काईवेलका गाडी खरिद गर्नेलाई चाडपर्वमा चढेर हिँड्ने व्यवस्था गर्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .