आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म वाणिज्य बैंकहरुले सम्भावित कर्जा नोक्सानीमा साढे १४ अर्ब रुपैयाँ प्रोभिजन (जोखिम व्यवस्था) गरेका छन्।
सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले पुस मसान्तसम्म १४ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजन गरेका हुन्।
बैंकहरुले सम्भावित कर्जा नोक्सानीबापत न्यूनतम १.३ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजन छुट्याउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार वाणिज्य बैंकले प्रोभिजन सो प्रोभिजन गरेका छन्।
सिटिजन्स र प्रभु बैंकले राइट ब्याक गर्दा पनि नाफा घटेको छ।
खराब कर्जाको व्यवस्था
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौताअनुसार कर्जा प्रवाह गर्छन्। सम्झौताअनुसार ऋणीले तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नुपर्ने हुन्छ।
यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकेको कर्जा नोक्सानीबापत प्रोभिजन गर्नुपर्ने हुन्छ।
नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसमा जोखिम भएको मानिन्छ।
बैंकहरुले प्रवाह गरेको कर्जामध्ये सावाँ ब्याज भुक्तानी गर्ने भाखा नाघी एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो।
-
राष्ट्रिय वाणिज्यबाहेक सबै बैंकको खराब कर्जा बढ्यो, कुनको कति? (विवरण)
-
वाणिज्य बैंकहरूले गरे ३० अर्ब बढी नाफा, नबिलको सबैभन्दा उच्च
जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।
१ महिनादेखि ३ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई ‘वाचलिस्ट’मा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
यदि ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि सावाँ ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ। साथै, १ वर्षभन्दा माथि सावाँ ब्याज भुक्तानी नभएमा सोमा शतप्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नुपर्ने व्यवस्था गरिएको छ।
सबैभन्दा धेरै प्रोभिजन कृषि विकास बैंकको
पुस मसान्तसम्म सबैभन्दा धेरै कृषि विकास बैंकले २ अर्ब १७ करोड रुपैयाँ प्रोभिजन गरेको छ।
त्यसैगरी नबिल बैंकले १ अर्ब ८८ करोड, कुमारी बैंकले १ अर्ब ४३ करोड, हिमालयन बैंकले १ अर्ब ४९ करोड ग्लोबल आईएमई बैंकले १ अर्ब १२ करोड, सिद्धार्थ बैंकले १ अर्ब १९ करोड र सनराइज बैंकले १ अर्ब ६ करोड प्रोभिजन गरेको छ।
पुस मसान्तसम्म सबैभन्दा कम प्रोभिजन स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ करोड २७ लाख प्रोभिजन गरेको छ ।
चार वाणिज्य बैंकले गरे राइट ब्याक?
चालू आवको पुस मसान्तमा चार वाणिज्य बैंकले ‘राइट ब्याक’ गरेका छन्। पुससम्ममा एनआईसी एसिया, लक्ष्मी बैंक, सिटिजन्स र प्रभु बैंकले गत वर्ष छुट्याएको प्रोभिजन फिर्ता गरी नाफामा देखाएका हुन्।
‘राइट ब्याक’ गरेको सिटिजन्स र प्रभु बैंकको नाफा घटेको छ।
सबैभन्दा धेरै नाफा फिर्ता गर्ने सिटिजन्स बैंक छ। बैंकले करिब ६२ करोड रुपैयाँ ‘राइट ब्याक’ गरेको छ। त्यसैगरी लक्ष्मी बैंकले ५७ लाख, एनआईसी एसिया बैंकले ४७ करोड ९६ लाख र प्रभु बैंकले ४२ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गरेका छन्।
प्रभु बैंकले राइट ब्याक गरेको पैसा नाफामा देखाउँदा समेत नाफा घटेको छ।
यता एनआईसीले समेत ‘राइट ब्याक’ले गर्दा नाफा उच्च बढेको छ ।
लक्ष्मी बैंकले पनि राइट ब्याकले नाफा बढेको हो ।
अघिल्लो वर्षको तुलनामा सिटिजन्स बैंकको पुस मसान्तसम्म नाफा घटेको छ। बैंकले पुस मसान्तमा ६१ करोड ९२ लाख रुपैयाँ ‘राइट ब्याक’ गर्दा पनि नाफा घटेको छ।
कुन बैंकले कति प्रोभिजन गरे ?
क्र.सं. | बैंक | प्रोभिजन रकम (रु. करोडमा) |
१ | नेपाल बैंक | ५१.२१ |
२ | नबिल | १८८ |
३ | स्ट्यान्डर्ड चार्टर्ड | १६.२७ |
४ | नेपाल एसबीआई | ३७.१० |
५ | एनआईसी एसिया | ४७.९६ |
६ | सिद्धार्थ | ११९ |
७ | ग्लोबल आईएमई | ११२ |
८ | प्राइम कमर्सियल | ५८.३१ |
९ | एनएमबी | ६२.१९ |
१० | राष्ट्रिय वाणिज्य | २९.८४ |
११ | हिमालयन | १४९ |
१२ | एभरेष्ट | ३६.६६ |
१३ | माछापुच्छ्रे | ३०.४२ |
१४ | लक्ष्मी | ५७.३० |
१५ | कृषि विकास | २१७ |
१६ | सिटिजन्स बैंक इन्टरनेशनल | ६१.९२ |
१७ | सनराइज | १०६ |
१८ | प्रभु | ४२.६७ |
१९ | सिभिल | ४५.२३ |
२० | सानिमा | ५७.३१ |
२१ | कुमारी | १४३ |
(कुल : १४ अर्ब ५७ करोड स्रोत : सम्बन्धित बैंकको अपरिष्कृत वित्तीय विवरण)
Shares
प्रतिक्रिया