विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
चालू आर्थिक वर्षको ४ महिना अर्थात् कात्तिकसम्म आइपुग्दा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरु घाटामा देखिएका छन्। सोही अवधिमा मुक्तिनाथ विकास बैंक सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
त्यसैगरी, महालक्ष्मी विकास बैंकले १७ करोड १ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २ लाख, मितेरी डेभलपमेन्ट बैंकले १ करोड ४ लाख, गरिमा विकास बैंकले २४ करोड, कामना सेवा १७ करोड १ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले ७ लाख, ज्योति विकास बैंकले ११ करोड २ लाख, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ करोड, गरिमा विकास बैंकले २४ करोड, लुम्बिनी डेभलपमेन्ट बैंकले १८ करोड १० लाख, लुम्बिनी विकास बैंकले १८ करोड १ लाख, सिन्धु विकास बैंकले ८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड २ लाख नाफा गरेको छ।
४ विकास बैंक घाटामा
सोही अवधिमा ४ विकास बैंकहरु भने खुद घाटामा छन्। कात्तिकसम्म नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सप्तकोशी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन्।
Shares
प्रतिक्रिया