पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ।
कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो।
यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ। कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ।
कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘कोका–कोला सधैँ आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ। यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विश्वास छ।’
यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ। कोका–कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको छ।
यस अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ। यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया