ad ad

कारोबार


युनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेकपटक १० प्रतिशत

युनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेकपटक १० प्रतिशत

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:३१, काठमाडौँ

‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ। 

युनियन पेसँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको आउटलेटहरूमा युनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

चैत्र १४ देखि  वैशाख ३० सम्म लागू हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले युनियन पेको क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ।

आइएनआइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ। साथै  अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी नै छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .