कारोबार


पकडी कपिलवस्तुमा एभरेस्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

पकडी कपिलवस्तुमा एभरेस्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १७:४४, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ। 

बैंकले तौलिहवा शाखा कार्यालयको मातहत रहने गरी चौथो एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो। 

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लब प्रसाद कुइँकेलले संयुक्त रुपमा गरे। 

सर्वसाधारणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने बैंकले जनाएको छ। 

  • साधारण बचत खाता (न्यूनतम मौज्दात) रु. १००
  • चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००
  • तलबी बचत खाता – शुन्य मौज्दात
  • नारी बचत खाता – रु. १,२५०
  • डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क    
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .