ad ad

समाज


मीनको भाग्यशाली रङ गुलाबी, कन्याको रातो र मिथुनको हरियो, तपाईँको कुन? हेर्नुस् जेठ ४ को राशिफल

मीनको भाग्यशाली रङ गुलाबी, कन्याको रातो र मिथुनको हरियो, तपाईँको कुन? हेर्नुस् जेठ ४ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ ४, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, ४ जेठ २०८१ (१७ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। शुभचिन्तकको पूर्ण समर्थन रहनेछ। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्दा बेस।

वृष : परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। आफू कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा बाधा पुग्नेछ। दिनको उत्तरार्धमा मनपर्ने व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५०, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

मिथुन : रोकिएको धन हात पर्ला। लामो यात्रा सुखद र सफल हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी खर्च हुने छैन। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग फाप्ने देखिएन।

कर्कट : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

सिंह : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। वैदेशिक कार्य अघि बढ्ला। सहयोगीले राम्रो साथ दिनेछन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ८३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह मानेर अघि बढ्नु राम्रो हुनेछ। झुट नबोल्नु होला, बोलेमा आफैँलाई हानि गर्नेछ।

कन्या : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। गलत निर्णय लिन पुगिनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। साझेदारी काममा उल्झन आउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

तुला : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। स्थानान्तरणको सम्भावना पनि छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग अनुकूल छैन।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। साथीभाइसँग समय बित्ने र सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

धनु : धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग फाप्ने देखिँदैन।

मकर : केही कुराले मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। सरकारी निकायको भय रहनेछ। नयाँ कार्यको योजना भने बन्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। लगानीको अवसर आउला तर आवेगमा लगानी भने नगर्नु होला।

कुम्भ : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको कार्य प्रारम्भ गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी देखिँदैन तसर्थ भरिसक्के लामो यात्रा नगर्नु होला।

मीन : न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि मधुर छाउने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। तर, सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .