ad ad

कारोबार


प्रभु बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १४:२५, काठमाडौँ

प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्। 

बैंक र रिसोर्टबीच यससम्बन्धी सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाइँकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगलजस्ता अन्य विभिन्न हिमशृंखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ। काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो।

आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ। बिहानको सूर्यको उदयदेखि साँझको अस्तको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .