ad ad

खेल


टी–२० विश्वकपको अवसर पारेर क्यानसँगको सहकार्यमा वर्ल्ड लिंकले गर्‍यो ‘विट द स्पिड’ क्याम्प

टी–२० विश्वकपको अवसर पारेर क्यानसँगको सहकार्यमा वर्ल्ड लिंकले गर्‍यो ‘विट द स्पिड’ क्याम्प

सरोज नेपाल
जेठ ३१, २०८१ बिहिबार १४:३२, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको अवसर पारेर वर्ल्ड लिंकले विट द स्पिड क्याम्प सम्पन्न गरेको छ। 

देशका विभिन्न १९ सहरमा ट्यालेन्ट हन्टको आयोजना गर्दै छानिएका अन्तिम ७  खेलाडीबीच विट द स्पिड क्याम्प सम्पन्न भएको हो। 

१९ सहरमा छनोट भएका १८ खेलाडीमध्य सात खेलाडीले काठमाडौमा भएको अन्तिम चरणमा स्थान बनाएका थिए। 

विट द स्पिड क्याम्पकाे विजेतालाई क्यानसँगकाे सहकार्यमा चेन्नईकाे एमआरएफकाे पेस फाउन्डेसनमा प्रशिक्षणका लागि पठाइने वल्डलिंकका मार्केटिङ प्रमुख तेन्जिङ छाेग्यालले बताए। 

मेकाे दाेस्राे साताबाट सुरु भएकाे कार्यक्रम जुन १३ मा सकिएकाे हाे।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा भएको विट द स्पिड क्याम्पको फाइनल चरणको निर्णायकमा नेपाल ए टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अली थिए। 

उनीहरुले काठमाडौमा भएका सात खेलाडीमध्य एक जनालाई विजेता र एक खेलाडीलाई उदीयमान खेलाडी छनोट गर्नेछन्।  

विट द स्पिड क्याम्पका देशका १९ सहरका युवा खेलाडीले आफ्नो क्षमता देखाएका थिए। 

यस्ता कार्यक्रमले लुकेर रहेका प्रतिभालाई एक्स्पोज हुन सहयोग गर्ने नेपाल ए टोलीका प्रशिक्षक मल्लले बताए। 

उनले भने, ‘क्यानले पनि आयोजना गर्ने सोचेको थियो तर वल्डलिंकले पनि आयोजना गरेको छ। त्यसले पनि थप सहयोग पुगेको छ।’ 

विट द स्पिडको फाइनल चरणमा छनोट भएका खेलाडीले यस्ता कार्यक्रमले आफुहरुको क्षमता देखाउनका साथै कमजोरी पत्ता लगाउन सहज भएको उनले बताए। 

अन्तिम चरणमा महेन्द्रनगरका रवि दमाई, लुम्बिनीका प्रदिप कुमार जैसवाल, राैतहटका राहुल कुमार यादव, धनगढीका आयुष द्वारिया, काठमाडौंका मिलन लुइँटेल, दाङका आयुष ओली र बुटवलका सन्देश थापाले अन्तिम चरणमा स्थान बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .