ad ad

कारोबार


एनसेल फाउन्डेसनले कपिलवस्तुको निग्लिहवामा आयोजना गर्‍यो निःशुल्क स्वास्थ्यशिविर

एनसेल फाउन्डेसनले कपिलवस्तुको निग्लिहवामा आयोजना गर्‍यो निःशुल्क स्वास्थ्यशिविर

नेपालखबर
असोज १६, २०८१ बुधबार १२:५, काठमाडौँ

एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका ९, निग्लिहवामा निःशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको छ। 

यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेलले जनाएको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए। 

यस्ता स्वास्थ्यशिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ। एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो। 

यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ। 

‘नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्यअनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्यशिविर आयोजना गरेको हो’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, ‘हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध छौँ।’

यसैअनुरुप सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुटस्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएको उनको भनाइ छ। 

एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ। एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ। 

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .