ad ad

समाज


सर्लाहीमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पहिचान नखुलेकी ३० वर्षीया महिलाको मृत्यु

सर्लाहीमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पहिचान नखुलेकी ३० वर्षीया महिलाको मृत्यु

नेपालखबर
असोज १६, २०८१ बुधबार १२:१३, सर्लाही

सर्लाहीको लालबन्दीमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

लालबन्दी नगरपालिका- ९ स्थित सडकमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ३० वर्षीया महिलाको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

 ठक्कर दिने सवारी साधनको खोजी सुरु गरिएको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .