ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १३:४५, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार, अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेेछ।

छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ।   

अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेसन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन्। बैंकका ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्नेछैन। 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .