ad ad

कारोबार


गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

पुँजीगततर्फ ६०.४ र चालुमा ३८.१ प्रतिशत विनियोजन
गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

नेपालखबर
असार १, २०८० शुक्रबार १७:१०, पोखरा

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २८०/८१ का लागि ३३  अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण ( बजेट) पेश गरेको छ।

यो चालु आर्थिक वर्षको भन्दा कम हो। चालु आर्थिक वर्षका लागि  प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो।

संघ सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान घट्दा र आन्तरिक राजश्व वृद्धि नहुँदा प्रदेश सरकारको बजेट खुम्चिएको हो।

गण्डकीका अर्थमन्त्री जीतबहादुर आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८.१ प्रतिशत विनियोजन गरिएको छ।

पुँजीगततर्फ कुल बजेटको ६०.४  प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार छुट्याइएको छ। वित्तीय व्यवस्थातर्फ १.५ प्रतिशत अर्थात् ५० करोड विनियोजित छ। 

बजेटको स्रोतका रुपमा नेपाल सरकारबाट समानीकरण ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाटबाट ९ अर्ब ५ करोड ३२ लाख,रोयल्टी बाँडफाटबाट ४० करोड ८ लाख १६ हजार, ससर्त अनुदानबाट ४ अर्ब ९४ करोड १५ लाख, विशेष अनुदानमा ७४ करोड प्राप्त हुने जनाइएको छ।

यस्तै आन्तरिक स्रोतबाट सरकारले  ५ अर्ब १६ करोड ९१  लाख  ९४ हजार प्राप्त हुने अनुमान गरेको छ। 

सरकारले चालु आर्थिक वर्ष करिब ३ अर्ब खर्च नहुने र  बाँकी  १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत् उठाउने घोषणा गरेको छ।

सरकारले आगामी वर्ष १७ करोड ५० हजार सञ्चिति कोषमाथि व्ययभार हुने आकलन गरेको छ।

पूर्णपाठ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .