नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।
तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।
294
Shares
प्रतिक्रिया