नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ।
यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ पनि घटेर ९४ हजार ६ सय रुपैयाँमा झरेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।
150
Shares
प्रतिक्रिया