नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
54
Shares
प्रतिक्रिया