नेपाली बजारमा सुनको भाउ मंगलबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको भाउ प्रतितोला उल्लेख्यरुपमा बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
51
Shares
प्रतिक्रिया