सुनको मूल्य सोमबार ओरालो लागेको छ।
शुक्रबार र आइतबार उही मूल्यमा कारोबार भएको सुन सोमबार भने तोलामा सात सय रुपैयाँ सस्तो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख ९ हजार ३ सय र तेजाबी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ।
42
Shares
प्रतिक्रिया