ad ad

कारोबार


सुनको मूल्यमा दिनदिनै रेकर्ड, फेरि ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्यमा दिनदिनै रेकर्ड, फेरि ५ सय रुपैयाँले बढ्यो

नेपालखबर
फागुन २३, २०८० बुधबार ११:४०, काठमाडौँ

सुनको मूल्यले दुई दिनयता लगातार कीर्तिमान बनाएको छ। 

बुधबार फेरि तोलामा ५ सय रुपैयाँ बढेपछि मंगलबारको रेकर्ड तोडिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदीको मूल्य भने मंगलबारको तुलनामा ५ रुपैयाँ सस्तो भएको छ। 

बुधबार चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको हो। 

मंगलबार एकै दिन २ हजार रुपैयाँ बढेपछि सुनको मूल्यमा १ लाख २३ हजार प्रतितोलाको रेकर्ड बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .