कारोबार


सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ११:२७, काठमाडौँ

सुनको मूल्य फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ। 

यता चाँदीको पनि २० रुपैयाँले मूल्य बढेको छ। 

योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ३५ र चाँदी २७.५६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .