कारोबार


तोलामा ८ सयले बढ्यो सुनको मूल्य

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १२:४५, काठमाडौँ

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन १ लाख ३६ हजार ४ सय र तेजाबी सुन १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

सोमबार दुवै सुन क्रमशः १ लाख ३५ हजार ६ सय र १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएका थिए। 

यता आज चाँदी पनि १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँ पुगेको हो। 

अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २७.२५ अमेरिकी डलर र सुन प्रतिऔँस २ हजार ३ सय २० अमेरिकी डलरमा कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .