सुनको मूल्य आइतबार बढेको छ।
प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ।
छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ छ।
यता चाँदीको मूल्यमा भने फेरबदल भएको छैन। आज पनि चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २६ र चाँदी २९.१४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।
87
Shares
प्रतिक्रिया