सुनको मूल्य फेरि ४ सय रुपैयाँले बढेको छ।
तीन दिनयता थोरै दरमा सुनको मूल्य उकालो लागिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार आज छापावाल सुन उक्त दरले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
त्यसैगरी तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँ पुग्दा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ।
चाँदी आज १ हजार ८ सय २५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔँस २.८० डलरले बढेर २ हजार ३ सय ३३ अमेरिकी डलर पुगेको छ। त्यस्तै चाँदी २९ डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
336
Shares
प्रतिक्रिया