ad ad

कारोबार


लगातार दोस्रो दिन ओरालो लाग्यो सुन र चाँदीको मूल्य, आज कति?

लगातार दोस्रो दिन ओरालो लाग्यो सुन र चाँदीको मूल्य, आज कति?

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ११:१६, काठमाडौँ

सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन पनि सस्तिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ सय र चाँदी २० रुपैयाँले घटेको हो। 

योसँगै छापावाल सुन आज १ लाख ४४ हजार ७ सय र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। त्यसैगरी चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ। 

९ गते बढेको सुन त्यसयता भने घटेको हो। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार ३०० तथा चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

यता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३७० र चाँदी प्रतिऔँस २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .