कारोबार


संसदमा प्रि–बजेट छलफल जेठ ३ देखि

संसदमा प्रि–बजेट छलफल जेठ ३ देखि

फाइल तस्बिर


दीपक भट्ट
बैशाख २२, २०७९ बिहिबार १७:३४, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटबारे संघीय संसदमा आगामी जेठ ३ देखि प्रि–बजेट छलफल हुने भएको छ। 

कार्यपालिका (सरकार) र व्यवस्थापिका (संसद्)बीच जेठ पहिलो सातादेखि प्रि–बजेट छलफल अघि बढाउने सहमति भएको हो। 

सरकारले आगामी आवको बजेट निर्माणकार्य अन्तिम चरणमा पुर्याइसकेको छ। 

संसदमा जेठ ३ देखि प्रि–बजेट छलफल सुरु गर्ने सहमति भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।  

उनका अनुसार सरकारले अब बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ। सरकारको सिफारिसपछि राष्ट्रपति भण्डारीले बजेट अधिवेशन बोलाउनेछिन्।

संविधानअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ। बजेट ल्याउने दिन नजिकिँदै गर्दा प्रि-बजेट छलफल सुरु हुनलागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .