कारोबार


चीनमा ४२ करोड ८० लाख मानिसले प्रयोग गर्छन् फाइभजी मोबाइल

चीनमा ४२ करोड ८० लाख मानिसले प्रयोग गर्छन् फाइभजी मोबाइल

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०७९ बिहिबार १४:३८, काठमाडौँ

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले जनाएको छ । 

मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ–जी बेस स्टेसनहरू सुरू गरेको थियो ।

सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको मन्त्रालयले उल्लेख गरेको छ । 

प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ ।

फाइभ–जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .