कला


बलेसँग ‘आइया मार्यो’ भन्दै आइन् सिर्जु अधिकारी (भिडिओ)

बलेसँग ‘आइया मार्यो’ भन्दै आइन् सिर्जु अधिकारी (भिडिओ)

नेपालखबर
पुस १४, २०७९ बिहिबार १६:३८, काठमाडौँ

गायिका सिर्जु अधिकारी बिगत निकै लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेकी छिन्। उनले अहिलेसम्म थुप्रै गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाइलाई मजबुत बनाइसकेकी छिन्।

केही समय अगाडि मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलतामा कर्मघर पनि गीत संगीतलाई अन्यन्त मोह दर्साउने भएको हुँदा उनले फलस्वरूप भर्खरै मात्र ‘आइय मार्यो’ बोलको गीतलाई सार्वजनिक गरेकी छिन्।

निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिव हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ। गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडिओलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ।

भिडिओमा लोकप्रिय हाँस्य कलाकार सागर लम्साल ‘बले’ र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ। ‘आइय मार्यो’ बोलको गीतको म्युजिक भिडिओलाई निर्देशन मौसम हिमालीले गरेका छन्। हिमाली म्युजिक भिडिओ निर्देशनमा कहलिएको नाम हो।

भिडिओमा छायांकन नवराज उप्रेतीको रहेको छ भने सम्पादन नविन घर्ति मगरले गरेका छन्। गीतको म्युजिक भिडिओलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .