कला


ब्रेकअपपछि मलिनाले भनिन्- म सधैं उहाँको राम्रो होस् भन्ने चाहन्छु

ब्रेकअपपछि मलिनाले भनिन्- म सधैं उहाँको राम्रो होस् भन्ने चाहन्छु

नेपालखबर
पुस २०, २०७९ बुधबार ११:११, काठमाडौँ

अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी अहिले प्रेम वियोगमा छिन्। मलिना जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा थिइन्। केही समय डेटमा रमाएको यो जोडीले सामाजिक सञ्जालमा समेत आफ्नो प्रेम अभिव्यक्त गर्दै आएको थियो। 

अब मनिला र सुशान्तको जोडी सँगै छैन। उनीहरुको ब्रेकअपको खबर केही दिनअघि नै सार्वजनिक भएको थियो। तर सम्बन्ध टुटेको खबरका बारेमा मलिना र सुशान्तले बोलेका थिएनन्। सम्बन्धका बारेमा खुलेर कुरा गर्ने मलिना र सुशान्त दुवै  शान्त रहनुले उनीहरुको प्रेमवियोगको खबरलाई थप पुष्टि गर्ने काम गरिरहेकै थियो।

यही बीचमा मलिनाले आफ्नो प्रेम जीवन अन्त्य भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘कसैले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्छ भने त्यो सधैंका लागि होस् भनेर नै हो। तर कहिलेकाहीँ सम्बन्धमा फरकपन आउँछ। कतिपय कुरा मेल नहुँदा हामीले छुट्टिने निर्णय गरेका हौं। म उहाँको सधैं राम्रो होस् भन्ने चाहन्छु।’ 

सामाजिक सञ्जालमा एकअर्काका तस्बिर सार्वजनिक गरेर प्रेम अभिव्यक्त गर्ने यो जोडीले केही समयअघि एकअर्काका तस्बिर हटाएका थिए। मलिना आगामी फिल्म ‘छक्का पन्जा ४’मा देखिने तयारीमा छिन्। जिम ट्रेनर सुशान्त पछिल्लो समय पोडकास्ट पनि सञ्चालन गर्दै आएका छन्।

सन् २०११ मा मिस नेपालको ताज जितेकी मलिनाले सन् २०१४ बाट फिल्मी यात्रा सुरु गरेकी थिइन्। फिल्मी ‘ऋतु’बाट करिअर सुरु गरेकी मलिनाले ‘झुम्की’, ‘द विनर’, ‘रानी’, ‘संरक्षण’, ‘तिमी हुन्छौं जहाँ जहाँ’ लगायतका फिल्ममा अभिनय गरेकी छिन्। फिल्म क्षेत्र सुखद नबनिरहेका बेला मलिनाको प्रेम यात्रा पनि सुखद रहन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .