कला


आँचलले पूजालाई ‘अग्रज कलाकार’ भनेपछि...

आँचलले पूजालाई ‘अग्रज कलाकार’ भनेपछि...

नेपालखबर
पुस २०, २०७९ बुधबार १२:२०, काठमाडौँ

पूजा शर्मा र आँचल शर्मा फिल्म उद्योगका समकालीन नायिका हुन्। म्युजिक भिडिओबाट करिअर सुरु गरेका आँचल र पूजाको उमेर अन्तर पनि खासै देखिँदैन। पूजा आफ्नो ब्यानरको फिल्ममा हिट छिन्। आँचल खासै हिट हुन नसकेकी नायिका हुन्। 

उद्योगमा भने यी दुई केही समयको अन्तरमा आएको देखिन्छ। तर दुवैका फिल्म एकै समयमा चलिरहेका छन्। आँचलले हालै एक अन्तर्वार्तामा पूजा शर्मालाई आफ्नो अग्रज कलाकारका रुपमा परिभाषित गरिन्। अहिले उनलाई यो परिभाषा भारी परेको छ।

पूजालाई मेरो अग्रज कलाकार भनेर आँचलले बोलेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आँचल अहिले सञ्जालमा ट्रोलरको निशानामा परेकी छिन्। धेरै सञ्जाल प्रयोगकर्ताले आँचललाई अग्रजको अर्थ थाहा नभएको भन्दै टिप्पणी गरिरहेका छन्। 

आँचलले पूजा आफूभन्दा अगाडि उद्योगमा आएकाले अग्रज भएको उल्लेख गरेकी थिइन्। अग्रज कलाकार भएकाले उद्योगमा पूजासँग आफ्नो कुनै खालको प्रतिस्पर्धा नभएको उनले बताएकी थिइन्।

नेपाली फिल्म ‘थ्रि लभर्स’बाट पूजाले अभिनय सुरु थिइन्। आँचल ठूलो ब्यानरको फिल्म ‘नाई नभन्नु ल ४’बाट ठूलो पर्दामा देखिएकी हुन्। ठूलो पर्दामा देखिने समय अघिपछि भए पनि यी दुवैले फिल्ममा आउनुअघि म्युजिक भिडिओमा काम गरेका छन्। आँचल र पूजा एउटै पुस्ताका नायिका हुन्। 

आफूभन्दा केही वर्षअघि उद्योगमा आएकै आधारमा समकालीन नायिकालाई अग्रज भनेपछि आँचल अहिले ट्रोलको सिकार भइरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .