गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ।
‘बिल्ला हान्या हैन है माथि हेर्ने राम छ’ बोलको गीत बिहीबार बिहान सार्वजनिक भएको छ।
यसपटक गायक हेमन्त शर्मासँग गायिका शान्तिश्री परियारले गायनमा सहकार्य गरेकी छन्।
गायक शर्माकै शब्द-संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडिओमा भनेसुनिल खत्री र काव्या खड्काले अभिनय गरेका छन्।
भिडिओ निर्देशन सुनिल खत्रीले गरेका हुन्। दुर्गा पौडेलको छायांकन रहेको भिडिओ सम्पादन अमृत चापागाईंले गरेका छन्।
हेर्नुहोस् भिडिओ
147
Shares
प्रतिक्रिया