कला


युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडिओ)

युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडिओ)

नेपालखबर
फागुन ७, २०७९ आइतबार १०:१८, काठमाडौँ

‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ। 

जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले विदेशिएका युवालाई देशमै फर्किन आह्वान गरेको छ। 

नेपालमा केही गर्छु भन्ने रहर भए पनि गर्ने ठाउँ नभेटिँदा विदेशिने युवाको कथाले मन छुन्छ। गरिब र पहुँच नभएकाले सधैँ दुःख भोग्नुपरेको र लुटेराहरु भने महलमा बसिरहेको विषयवस्तुलाई गीतले व्यङ्ग्य गरेको छ।

गीतको भिडिओमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। भिडिओमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .