सेभिङ प्राइभेट रायन तथा ब्ल्याक हक डाउनजस्ता फिल्मका अभिनेता टम साइजमोरको मृत्यु भएको छ। उनी ६१ वर्षका थिए।
मस्तिष्काघातका कारण १८ फेब्रुअरीदेखि उनी कोमामा थिए।
१९९० को दशकमा प्रायः सैनिक, प्रहरी वा अपराधीजस्ता कठोर चरित्रमा अभिनय गरेर उनी चर्चित बनेका थिए। उनका अन्य फिल्महरुमा नेचुरल बर्न किलर्स, पर्ल हार्बर र हिट पर्छन्।
तर, उनलाई लागुऔषध दुर्व्यसन थियो। घरेलु हिंसा गरेको भन्दै उनलाई जेल पनि हालिएको थियो।
उनले आफ्नो आत्मकथामा हेरोइन र क्रिस्टल मेथको व्यसन आफूलाई लागेको उल्लेख गरेका थिए।
शुक्रबार क्यालिफोर्नियास्थित अस्पतालमा उनको मृत्यु भएको हो। एजेन्सी
30
Shares
प्रतिक्रिया