कला


ट्विटरले ‘ब्लु टिक’ फिर्ता गरेपछि रमाए अमिताभ बच्चन र प्रियंका चोपडा

ट्विटरले ‘ब्लु टिक’ फिर्ता गरेपछि रमाए अमिताभ बच्चन र प्रियंका चोपडा

प्रियंका चोपडा


नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:३८, काठमाडौँ

बलिउड सुपरस्टार अमिताभ बच्चन, प्रियंका चोपडा जोनस र प्रकाश राजलगायत धेरै सेलिब्रेटीले ट्विटरबाट ब्लु टिक फिर्ता पाएकामा खुसी व्यक्त गरेका छन्।

माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेपछि अमेरिकी प्राविधिक व्यवसायी एलन मस्कले ब्लु टिक सेवाबापत शुल्क लाग्ने घोषणा र कार्यान्वयन गरेका थिए।

यस क्रममा बच्चन, शाहरुख खान, सलमान खान, अक्षय कुमार, अजय देवगन, रजनीकान्तलगायत धेरै सेलिब्रेटीको ट्विटर खाताबाट ब्लु टिक हटाइयो।

ट्विटरले मासिक सदस्यता शुल्क नतिरेका खाताहरूबाट नीलो टिक हटाउन सुरु गरेको छ। तर पछि ट्विटरले फेरि नीलो टिक पुनर्स्थापित गरेको छ।

अमिताभ बच्चनले फिल्म मोहराको गीत ‘तु चिज बडी है मस्त मस्त’को लाइनमा नीलो टिक पुनःस्थापित गरेकोमा स्वागत गरेका छन्। उनले ट्विट गरेका छन्, ‘हे मस्क ब्रो! मुरीमुरी धन्यवाद। मलाई त ‘तु चिज बडी है मस्क मस्क’ गीत गाउन मन लागेको छ।’ 

यसै क्रममा प्रियंका चोपडाले लेखेकी छिन्, ‘वाह! ब्लु टिक आयो।’

यस्तै अभिनेता प्रकाश राजले नीलो टिक पुनःस्थापित भएपछि ट्विटरलाई धन्यवाद दिएका छन्।

तर यी खाताहरूले सदस्यता लिएका छन् वा छैनन् भन्ने अझै स्पष्ट छैन।

यसबारे ट्विटरबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। कम्पनीले ठूलो संख्यामा फलोअर भएका खाताहरूको भेरिफाइड स्टाटस रिस्टोर गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .