कला


खटपटपछि छोराको जन्मदिनमा सँगै देखिए निशा र शरद

खटपटपछि छोराको जन्मदिनमा सँगै देखिए निशा र शरद

नेपालखबर
जेठ ४, २०८० बिहिबार १९:२५, काठमाडौँ

लामो समयपछि गायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकर सँगै देखिएका छन्। दाम्पत्य जीवनमा खटपट भए पनि उनीहरूले छोराको जन्मदिन संयुक्त रूपमा मनाएका हुन्। जसको तस्बिर गायिका निशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। 

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई २०७४ सालमा विवाहमा परिणत गरेका निशा र शरद २०७५ सालमा छोराका अभिभावक बनेका थिए। अमेरिकामा जन्मेका उनीहरूका  छोराको नाम युभान हो। 

उनै छोराको जन्मदिन उनीहरूले चोभारस्थित सपोर्टिभ चिल्ड्रेन इनिसिएटिभ फाउन्डेसनमा सँगै बसेर मनाएका हुन्। 

गत वर्ष भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा निशाले अंशबन्डाको मुद्दा हालेपछि उनीहरूको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो। 

तर अनाथालयका बच्चाहरूसँग जन्मदिन सेलिब्रेसनमा उनीहरू दुवै निकै खुसी देखिएका छन्। 

निशाले लेखेकी छन्, ‘छोराको आगमनले मलाई प्रेम, त्याग, समर्पण र धैर्यताको परिभाषा नजिकबाट बुझाएको छ।’ तर पतिका बारेमा भने उनले केही उल्लेख गरेकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .