कला


‘नाङ्गो गाउँ’मा नेता बनेका दयाहाङ

‘नाङ्गो गाउँ’मा नेता बनेका दयाहाङ

नेपालखबर
जेठ ९, २०८० मंगलबार १५:४७, काठमाडौँ

नेपाली फिल्मी ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ। छायांकन सकिएसँगै फिल्ममा अभिनेता दयाहाङ राईले निर्भाह गरेको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ।

निर्देशक दीपेन्द्र लामाले सार्वजनिक गरेका तस्बिरमा दयालाई नेताका रुपमा देख्न सकिन्छ।

दीपेन्द्र लामाकै कथा रहेको यो फिल्मको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको हो। ३३ दिनमा फिल्मको छायांकन सकेको निर्देशक लामाले बताए।

अब फिल्मको पोष्ट प्रोडक्शनमा लाग्ने लामाले बताएका छन्।

मनिषमा फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन्।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठले लगानी गरेका छन्। 

भदौको २९ गतेलाई रिलिज डेट तोकेको फिल्ममा आलोक शुक्लाको छायांकन तथा बनिष शाहको सम्पादन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .