कला


आफ्नो ट्विटर ह्याक गरेर नुह हिंसाबारे गलत कुरा लेखेपछि तनावमा गोविन्दा

आफ्नो ट्विटर ह्याक गरेर नुह हिंसाबारे गलत कुरा लेखेपछि तनावमा गोविन्दा

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार १४:०, काठमाडौँ

हरियाणाको नुहमा सोमबार जलाभिषेक यात्राका क्रममा भड्किएको हिंसाले एकपटक फेरि सिंगो भारतलाई हल्लाएको छ। यो हिंसाप्रति सर्वत्र आक्रोश देखिएको छ। जलाभिषेक यात्रामा ढुंगा हानाहान, फायरिङ र आगजनीमा गरिबको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन्। हिंसाविरुद्ध व्यापक आक्रोश व्यक्त भइरहेका बेला बलिउड अभिनेता गोविन्दाको एउटा ट्विटको निकै चर्चा भइरहेको छ। गोविन्दा आफ्नो ट्विटका कारण धेरै ट्रोल भएका छन्।

वास्तवमा नुह हिंसाबारे गोविन्दाको ट्विटर अकाउन्टबाट एक ट्विट गरिएको थियो। त्यसपछि उनीविरुद्ध आक्रोश सुरु भयो। तर गोविन्दाले इन्स्टाग्राममा भिडिओ सन्देश जारी गर्दै आफूले त्यस्तो ट्विट नगरेको बरु आफ्नो अकाउन्ट ह्याक भएको बताएका छन्। साथै उनले यसविरुद्ध साइबर क्राइममा उजुरी दिने बताएका छन्।

गोविन्दाले इन्स्टाग्राममा एक भिडियो सेयर गरेका छन् । यससँगै क्याप्सनमा लेखिएको छ– ‘मलाई भर्खरै ट्विटको सन्दर्भमा फोन आयो, म तपाईंहरू सबैलाई भन्न चाहन्छु कि मेरो ट्विटर एकाउन्ट ह्याक भएको छ। मैले त्यो ट्विट गरेको छैन।’

भिडिओमा उनले भनेका छन्, ‘हरियाणाका सबै प्रशंसक, जो मेरा फ्यान, साथी हुनुहुन्छ, उहाँहरूलाई म भन्न चाहन्छु– मेरो ट्विटर अकाउन्ट कसैले ह्याक गरेको छ। मैले धेरै वर्षदेखि ट्विटर पनि चलाएको छैन। मेरो टिमले कुनै पनि ट्वीट नगरेको पुष्टि गरेको छ। उसले मलाई नसोधी कुनै पोस्ट पनि गर्दैन। यस विषयमा साइबर क्राइममा उजुरी गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .