कला


भेनिस प्रिमियरको पूर्व सन्ध्यामा ‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

भेनिस प्रिमियरको पूर्व सन्ध्यामा ‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:१४, काठमाडौँ

भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक भएको छ।

फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फस्टलुक सार्वजनिक गरेको हो। सार्वजनिक क्लिप्समा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ। 

फिडेल देवकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत फस्ट लुक सार्वजनिक गरेको हो।

भिडिओ

फिल्मका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको छ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ। 

‘द रेड सुटेकस’ भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ र शुक्रबार यसको वर्ल्ड प्रिमियर हुँदैछ। वल्र्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन्। 

फिल्मलाई आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन्। फिल्मको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .