चलचित्र ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन्।
उक्त चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पुर्याएको भन्दै उजुरी परेपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार चार दिन थुनामा राखेर अनुसन्धान प्रहरीलाई अनुमति दिएको हो। उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएपछि शुक्रबार समातिएका थिए।
उक्त प्रकरणमा निर्माता सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
उनीहरु दुवैजनाविरुद्ध पनि ठगीको आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
87
Shares
प्रतिक्रिया