कला


बिक्यो दयाहाङको फिल्म ‘दयारानी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार

बिक्यो दयाहाङको फिल्म ‘दयारानी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १२:३३, काठमाडौँ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको विदेशी रिलिज राइट सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो।

निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेनसिज इन्टरटेनमेन्टबीच बुधबार सम्झौता भएको थियो।

कलाकार माओत्से गुरुङ डेब्यू निर्देशित यस फिल्ममा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका रहेको छ। त्यसैगरी, फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतको अभिनय रहेको छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्‌को ब्यानरमा बनेको यस फिल्मले दयालु युवतीको कथा भन्नेछ। फिल्मको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट रहेका छन्। आगामी माघ २६ गतेबाट यो फिल्म प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .