कला


‘सुनाकली’ देखाउँदै सकियो ‘थाहा फिल्म फेस्टिभल’

‘सुनाकली’ देखाउँदै सकियो ‘थाहा फिल्म फेस्टिभल’

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार २१:४१, काठमाडौँ

मकवानपुरको थाहा नगरपालिकामा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सकिएको छ। पालुङको जेसिस हलमा मंसीर ९ गतेबाट सुरु भएको फेस्टिभलमा भोजराज भाट निर्देशित डकुमेन्ट्री ‘सुनाकली’ देखाउँदै समापन गरियो। 

मुगुकी किशोरीहरूको फुटबल जीवनमा आधारित ‘सुनाकली’ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। 

समापन कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले फेस्टिभल सफल आयोजकले गरेको अथक मेहनतको प्रशंसा गर्दै आफ्नोतर्फबाट फेस्टिभल सफल पार्न  सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

साथै मकवानपुर जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थाहा नगरपालिकालगायत अन्य पालिकाहरुले मिलेर काम गर्नु पर्ने उनको भनाई थियो। 

पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन डकुमेन्ट्रीसहित फिचर फिल्म र सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो।

फिचर फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘द सिक्रेट्स अफ राधा’, ‘बुलबुलु’, ‘आमाखान्डो’ र ‘डेसान’ देखाइयो। फेस्टिभलमा सुजित बिडारी, सुवर्ण थापा, केदार श्रेष्ठ, मोहन राई, गणेशदेव पाण्डे, समल कुमार बज्राचार्यका लगायतका चलचित्रकर्मीहरुको सहभागिता थियो। 

थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेस्टिभल सफलतापुर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रुपमा अगाडी बढाउने सुनाए। 

त्यसैगरी, फेस्टिभलका संयोजक प्रमोद कुष्ण जोशीले यस फिल्म फेस्टिभलले थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाउन परिकल्पनालाई साकार गर्ने बताए। 

‘विश्वमा फिल्मलाई उदयोगको रुपमा लिइन्छ। विदेशमा चलचित्र क्षेत्रले ठूलो अर्थतन्त्र धानेको छ। हामीले पनि थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाएर यहाँका मानिसहरुलाई समृद्ध बनाउन सक्छौँ’, उनले भने, ‘एकैदिनमा कायापलट हुँदैन। यस्ता खालका फिल्म फेस्टिभललाई निरन्तरता दिन सक्यौँ भने थाहा नगरपालिका पक्कै पनि फिल्म सिटीको हब बन्नेछ। फिल्म गतिविधी बढाउन नै फिल्म फेस्टिभल सुरु गरेका हौँ।’

थाहा कला केन्द्रले विभिन्न तालिम दिँदै आएको बताउँदै अब विद्यार्थीलाई फिल्ममेकिङ तालिम दिने जोशीले सुनाए।

फेस्टिभलमा बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .