ad ad

खेल


खेलकुदका लागि फेरिँदै कर्णाली


लक्ष्मी जि.सी
मंसिर १७ , काठमाडौँ

अबको झण्डै एक वर्षमा कर्णाली प्रदेशले दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्दैछ। त्यसैलाई लक्षित गर्दै कर्णाली प्रदेश रंगशाला सुर्खेतको निर्माण तीब्र रुपमा भइरहेको छ। 

प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको रंगशाला निर्माणलाई खेलकुद विकास परिषद् कर्णालीका सदस्य सचिव विश्वामित्र सन्ज्यालले नियमित अनुगमन गरिरहेका छन्। 

डेढ बर्षअघि निर्माणको काम सुरु भएको रंगशाला निर्माणको ७० प्रतिशत पूरा भएको जनाउँदै सन्ज्यालले जेठ अन्तिम सम्म निर्माण सम्पन्न भइसक्ने बताएका छन्। राष्ट्रिय खेलकुद पहिलो पटक कर्णालीमा आयोजना हुन लागेको हो।

यसअघि नौं पटक आयोजना हुँदा बागमती, लुम्बिनी र गण्डकीले समान २ पटक तथा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशले समान १ पटक आयोजना गरेका थिए। 

१०औँ आयोजनाको अवसरलाई कर्णालीले भौतिक निर्माणका दृष्टिकोणले महत्वपूर्ण बनाउने गरी काम अघि बढाएको छ। यसअघि कर्णालीमा सुविधा सम्पन्न एउटा पनि रंगशाला थिएन।

तर दसौँलाई लक्षित गर्दै दश हजार दर्शक क्षमताको फुटबल मैदानसहितको रंगशाला र त्यही वरिपरि अन्य खेलका संरचना निर्माण कार्य जारी छ। रंगशालामा ८ लेनको सेन्थेटिक ट्रयाक बन्नेछ।

रंगशालासँगै बहुउद्देश्यीय कभर्ड हल, टेनिस, बास्केटबल कोर्ट, मार्सल आर्टका लागि अलग्गै हललगायतको संरचना सुर्खेत रंगशालाकै हाताभित्र तयार हुनेछ। रंगशाला बाहिर वीरेन्द्रनगरमै दुई वटा क्रिकेट मैदान तयार हुँदैछन्। 

रंगशाला निर्माणका लागि प्रदेश सरकारले १ अर्व ६९ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये झण्डै ९० करोडको काम भइसकेको छ। रंगशाला हाताभित्रै १६ वटा खेल हुनेगरी भौतिक पूर्वाधार निर्माण भइरहेको सन्ज्यालले बताएका छन्।

प्रदेश सरकारकै लगानीमा निर्माण भइरहेको रंगशाला निर्माण, दसौँको आयोजनालगातका विषयमा सन्ज्यालसँग नेपालखबरले अन्तर्वार्ता गरेको छ।

मंसिर १७, २०८० आइतबार ७:५७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .