कला


१७ वर्षपछि फर्किंदै ‘सिन्दुर’

१७ वर्षपछि फर्किंदै ‘सिन्दुर’

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १३:३६, काठमाडौँ

चर्चित नेपाली टेलिशृंखला ‘सिन्दुर’ फेरि प्रसारण हुने भएको छ। कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १७ वर्षपछि फेरि ‘सिन्दुर’लाई निरन्तरता दिन लागेकी हुन्। शुक्रबार ‘सिन्दुर’को शुभमुहूर्त गरिएको छ।

अहिलेको पुस्तालाई ध्यान दिएर सुपरहिट टेलिसिरियल ‘सिन्दुर’लाई पुन: निरन्तरता दिन लागिएको निर्मात्री जोशीले बताइन्। पुराना कलाकार देशबाहिर रहेकाले आगामी शृंखलामा नयाँ कलाकार रहने जानकारी उनले दिइन्। 

नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय ‘सिन्दुर’मा यसअघि गरिमा पन्त, सुमन सिंह, दीपक त्रिपाठीलगायतले अभिनय गरेका थिए।

विनयराज पौडेलको लेखन र निर्देशन रहेको यस अहिलेको सिरियलमा प्रज्ञासहित नवीन श्रेष्ठ, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा,  दीपेन्द्र सोनाम, पूर्णिमा जीएम, स्नेहा पौडेललगायतले अभिनय गर्दै छन्। 

प्रज्ञा फिल्म्‌स् ब्यानरमा निर्माण हुने उक्त सिरियल मदन कश्यप घिमिरेले छायांकन गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .